
पर्सा, वैशाख २९ :
पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले बलात्कारमा संलग्न एक आरोपीलाई पक्राउ गरेको छ। अर्का एक जना आरोपी फरार छन् ।
पक्राउ पर्नेमा ५० वर्षीय दिनानाथ साह छन्। आइतबार पक्राउ गरिएका साहविरुद्ध बलात्कारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
दुवैजना मिलेर वैशाख २७ को राति ती महिलालाई मुख थुनेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।