बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति प्रदेश लुम्बिनी प्रदेश

फरार सूचीमा रहेका एमाले सांसद प्रधानमन्त्रीको कार्यक्रममा अतिथि !

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ वैशाख, २०८२ मा प्रकाशित
फरार सूचीमा रहेका एमाले सांसद प्रधानमन्त्रीको कार्यक्रममा अतिथि !
काठमाडौं, वैशाख २९ :

नेपाल प्रहरीको फरार सूचीमा रहेका एमालेका लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा उनी विशिष्ट अतिथिका रूपमा देखिएका हुन्।

पन्थी कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुन्। उनीमाथि गौतमबुद्ध हाइड्रोपावर कम्पनीको सञ्चालकका रूपमा आर्थिक ठगीसम्बन्धी उजुरी परेको छ। पल्लवी इलेक्ट्रा प्रालिबाट लिएको विद्युतीय सामग्रीको रकम नतिरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट पक्राउ पूर्जीसमेत जारी गरिसकेको छ।

प्रहरीले पन्थीलाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र रुपन्देही प्रहरीलाई पत्र पठाएको थियो। तर उनी खुलेआम सार्वजनिक कार्यक्रममा देखिनुले प्रहरीले कानुनी कार्यान्वयनमा कमजोरी देखाएको छ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र प्रसाद भट्टले आफू केही दिनअघि मात्रै कार्यभार सम्हालेकाले विस्तृत जानकारी नभएको जनाए। तर सोमबार जानकारी पाइसकेपछि सम्बन्धित जिल्ला प्रहरी प्रमुखलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार