बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति प्रदेश कर्णाली प्रदेश

प्रचण्डको आह्वान : राजावादी आन्दोलन निस्तेज पार्न गाउँ-गाउँमा जानुहोस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ वैशाख, २०८२ मा प्रकाशित
प्रचण्डको आह्वान : राजावादी आन्दोलन निस्तेज पार्न गाउँ-गाउँमा जानुहोस्
सुर्खेत, वैशाख २९ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले जेठ १५ गतेका लागि घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्न पार्टी कार्यकर्तालाई गाउँ-गाउँमा जान अपिल गरेका छन्।

वाईसीएल नेपाल कर्णाली प्रदेशको सोमबार पहिलो सम्मेलन उद्घाटन गर्दै उनले पूर्वपञ्च र राजावादी शक्तिहरू मिलेर प्रतिक्रान्तिकारी षड्यन्त्र गरिरहेको आरोप लगाए।

‘उनीहरूको षड्यन्त्रलाई भण्डाफोर गर्न गाउँ–गाउँ, टोल–टोलमा पुग्नुपर्छ,’ प्रचण्डले भने, ‘राजावादीहरूको घुर्कीविरुद्ध देशभरका जनताले प्रतिवाद गर्नैपर्छ।’

उनले वर्तमान सरकार जनअपेक्षाअनुसार नचलेको स्वीकार्दै त्यसबाट उत्पन्न असन्तुष्टिलाई राजावादीहरूले दुरुपयोग गर्न खोजेको बताए। ‘सरकार उल्टो दिशामा हिँडेकाले जनतामा निराशा फैलिएको छ,’उनले भने, ‘ त्यसलाई राजावादीहरूले मौका मानेर आन्दोलन चर्काउने कोशिस गरिरहेका छन्।’

राजसंस्थाले विगतमा देशलाई पछि पार्ने काम गरेको उल्लेख गर्दै प्रचण्डले राजा र राजपरिवारको हत्या प्रकरणमा समेत नबोल्ने कायरता देखाउनेहरूलाई देश पुनः सुम्पनु नहुने तर्क गरे। उनले समाजवादी मोर्चाको संयुक्त प्रहारले राजावादीको बेलुन फुटिसकेको दाबी गर्दै अझै सतर्क रहनुपर्ने आवश्यकता औंल्याए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार