बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति अर्थतन्त्र

विनियोजन विधेयकका प्राथमिकताबारेको छलफल हुँदै गर्दा अर्थमन्त्री निदाएकै हुन् त ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० वैशाख, २०८२ मा प्रकाशित
विनियोजन विधेयकका प्राथमिकताबारेको छलफल हुँदै गर्दा अर्थमन्त्री निदाएकै हुन् त ?
काठमाडौं, वैशाख ३० :

 प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल निदाएका छन् ।

आइतबारको बैठकमा अर्थमन्त्री पौडेलले आफैँले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । तर छलफलका क्रममा विभिन्न सांसदहरूले धारणा राखिरहँदा अर्थमन्त्री पौडेल  निदाएको तस्विरमा प्रस्टैसँग देखिन्छ।

सांसदहरूको अभिव्यक्तिका क्रममा बारम्बार आँखा चिम्लिएका उनलाई केहीबेर निध्रामा गएकोजस्तो देखिएको थियो । प्रतिनिधिसभामा प्रस्तुत विधेयकमाथि अर्थमन्त्री स्वयंले सजग भएर छलफल सुन्नुपर्ने अपेक्षा गरिए पनि उनी निदाएको दृश्यले आलोचना निम्त्याएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयकमा प्राथमिकता र सिद्धान्तबारे संसदमा व्यापक बहस भइरहेको छ । यस्तो संवेदनशील विषयमाथि छलफल भइरहेका बेला सम्बन्धित मन्त्रीकै असजगता देखिनुले सरकारको गम्भीरता कति छ भन्ने प्रश्न उठाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार