मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
राजनीति

राइड सेयरिङको भाडादरबारे महेश बस्नेतले उठाए संसद्‍मा प्रश्न

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
राइड सेयरिङको भाडादरबारे महेश बस्नेतले उठाए संसद्‍मा प्रश्न
काठमाडौं, वैशाख ३१ :

काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका अनलाइन राइड सेयरिङ सेवाले मनपरी भाडा लिएको भन्दै त्यस विषयमा संसद्‍मा प्रश्न उठेको छ ।

प्रतिनिधिसभाको बुधबार बैठकमा बोल्दै नेकपा एमालेका सांसद महेश बस्नेतले  कर नतिरी अर्बौं ठगी गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले इनड्राइभ जस्ता सेवाहरूले नियमनबिनै सेवा दिँदै आएको बताए। ‘काठमाडौं उपत्यकामा इनड्राइभ जस्ता अनलाइन सेवाहरूले ग्राहकसँग मनपरी भाडा लिएर ठगी गरेका छन् ,’उनले भने,‘सरकारलाई एक पैसा कर नतिरी अर्बौं ठगी गरिरहेको विषयमा सरकारको ध्यान जाओस् ।’

उनले आन्तरिक हवाइ सेवाहरूले यात्रुलाई घण्टौं कुर्न बाध्य बनाउने, उडान रद्द हुँदा जिम्मेवारी नलिने प्रवृत्तिप्रति पनि सरकारको ध्यानाकर्षण गराए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार