बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

सांसद राेशन कार्कीको माग : यसपटक गभर्नरमा महिलालाई नै नियुक्त गर्नुपर्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
सांसद राेशन कार्कीको माग : यसपटक गभर्नरमा महिलालाई नै नियुक्त गर्नुपर्छ
राप्रपाकी सांसद रोशन कार्की।फाइल तस्बिर।
काठमाडौं, वैशाख ३१ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले राष्ट्र बैंकको गभर्नर पद लिलामीमा जस्तो देखिएको भन्दै आपत्ति जनाएकी छिन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले गभर्नर नियुक्तिमा करोडौं रुपैयाँको चलखेल भइरहेको भन्दै संसद्को ध्यानाकर्षण गराइन्।

सांसद कार्कीले विगतमा महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानन्यायाधीश सफलतापूर्वक निर्वाह भएको उदाहरण दिँदै कार्यबाहक गभर्नर निलम ढुंगानालाई स्थायी गभर्नर बनाउन आग्रह गरिन्। उनले ५२ प्रतिशत महिला जनसंख्यालाई न्याय गर्न गभर्नर पद महिलालाई दिनुपर्नेमा जोड दिइन्।

‘योग्य र अयोग्यको नाममा यताउति खोजी नगरी महिलालाई यो जिम्मेवारी सुम्पनुपर्छ,’सांसद कार्कीको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार