मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार

रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश
काठमाडौं, वैशाख ३१ :

सर्वोच्च अदालतले राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई  २४ घण्टाभित्र अदालतमा सशरीर उपस्थित गराउन आदेश दिएको हो ।

मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दीसहित २४ घण्टाभित्र उनीमाथि अनुसन्धान भइरहेको अभियोगको सक्कल फाइलसहित उपस्थित हुन आदेश दिएको हो।

जारी आदेशमा भनिएको छ, ‘विपक्षी नं ७ ले यो आदेश प्राप्त भएको २४ (चौबिस) घण्टाभित्र यी निवेदक उपर अनुसन्धान भइ रहेको राज्य विरुद्धको अपराध समेतको मुद्दाको सक्कल मिसिल इजलास समक्ष देखाइ फिर्ता लैजाने गरी बन्दीसहित लिखित जवाफसाथ महान्यायाधिवक्ताको कार्यालय मार्फत उपस्थित हुनू।’

मिश्रकी पत्नी कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै मंगलबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । तीनकुने हिंसात्मक आन्दोलनपछि पक्राउ परेका मिश्रलाई पटक-पटक गरी आठौं पटक म्याद थप भइसकेको छ । नयाँ-नयाँ अभियोग लगाउँदै हिरासतको बसाई लम्ब्याउने काम भइरहेको मिश्रको आरोप छ ।
गत चैत १५ गते भएको राजावादीको आन्दोलनमा २ जनाको ज्यान गएको थियो भने निजी,सरकारी भवन  र सवारी साधनमा आगजनी गरी क्षति पुर्‍याइएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार