बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति अर्थतन्त्र

आर्थिक वर्ष २०८०/८१ मा ९१ अर्बभन्दा बढी बेरुजु

यस वर्ष लेखापरीक्षणबाट १४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ असुल गरिएको कार्यालयले जनाएको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
आर्थिक वर्ष २०८०/८१ मा ९१ अर्बभन्दा बढी बेरुजु
काठमाडौं, वैशाख ३१ :

आर्थिक वर्ष २०८०/८१ मा लेखापरीक्षणबाट ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ बराबरको बेरुजु देखिएको छ। महालेखा परीक्षक कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गरेको ६२ औं वार्षिक प्रतिवेदनमा यो विवरण उल्लेख गरिएको हो।

महालेखा परीक्षक तोयम रायाले शीतल निवासमा प्रतिवेदन बुझाउँदै संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेश गरिएको जानकारी दिए। उनले लेखापरीक्षण अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार गरिएको र यसपालि ५ हजार ७५९ कार्यालयको लेखा परीक्षण गरिएको जानकारी दिए।

कुल ९४ खर्ब ६२ अर्ब ३६ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएकोमा संघीय सरकारका ३ हजार ९३ निकाय, प्रदेशका १ हजार १ सय ६५, स्थानीय तहका ७ सय ६१, समिति तथा अन्य संस्थाका ६९५ र सङ्गठित संस्थाका ४३ वटा निकायको लेखा परीक्षण गरिएको हो।

लेखापरीक्षणबाट देखिएको ९१ अर्ब ५९ करोडको बेरुजुमध्ये:

संघीय सरकार : ४७ अर्ब ७४ करोड ३० लाख

प्रदेश सरकार : ४ अर्ब २० करोड

स्थानीय तह : २५ अर्ब ३२ करोड ४२ लाख

समिति तथा अन्य संस्था : १४ अर्ब ३३ करोड ७ लाख 

र  अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ रहेको छ। 

यसमध्ये संघीय सरकारको ३ खर्ब ७५ अर्ब, स्थानीय तहको २ खर्ब ९ अर्ब र समितिहरूको १ खर्ब १७ अर्ब रुपैयाँ बेरुजु देखिएको हो। प्रतिवेदनमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, वैदेशिक सहायता तथा ऋणसम्बन्धी टुङ्गो लगाउनुपर्ने ५ खर्ब ५१ अर्ब १ करोड रुपैयाँसमेत उल्लेख छ। यस वर्ष लेखापरीक्षणबाट १४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ असुल गरिएको महालेखा परीक्षक कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार