बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार

प्रहरी जवान कुटपिट घटनामा संलग्न दुईजना प्रहरी जिम्मेवारीबाट हटाइए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ जेठ, २०८२ मा प्रकाशित
प्रहरी जवान कुटपिट घटनामा संलग्न दुईजना प्रहरी जिम्मेवारीबाट हटाइए
काठमाडौं, जेठ १ :

काठमाडौँको नागढुङ्गामा एक ट्राफिक इन्सपेक्टरले प्रहरी जवानलाई थप्पड हानेको घटनापछि दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।

उक्त घटना सामाजिक सञ्जालमा भिडियोसहित सार्वजनिक भएपछि चासो बढेको थियो। भिडियोमा ट्राफिक प्रहरी निरीक्षकले सुरक्षा ड्युटीमा खटिएका एक जना जवानमाथि हातपात गरेको देखिन्छ। घटना थानकोट नाकास्थलमा भएको बताइए पनि घटनाको मिति खुलाइएको छैन।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता शेखर खनालले घटनाको पुष्टि गर्दै कुटपिटमा संलग्न इन्सपेक्टर र कुटाइमा परेका जवान दुबैलाई प्रारम्भिक रूपमा जिम्मेवारीबाट हटाइएको जानकारी दिए।

उनका अनुसार, ‘भिडियो सार्वजनिक भएपछि तुरुन्तै छानबिन सुरु गरिएको छ। अनुशासनहीनता देखिएको खण्डमा कडा कारबाही हुनेछ।’

घटनाले प्रहरी संगठनभित्रको अनुशासन, कार्यशैली र आन्तरिक सम्बन्धमाथि प्रश्न उठाएको छ। सामाजिक सञ्जालमा आलोचनासँगै प्रहरीप्रति जनविश्वासमा असर पर्ने अवस्था देखिएको भन्दै सरोकारवालाहरूले निष्पक्ष छानबिन र पारदर्शी कारबाहीको माग गरेका छन्।

उक्त प्रकरण अहिले अनुसन्धानको चरणमा रहेको र आवश्यक निर्णय छानबिन प्रतिवेदनपछि हुने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार