बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर

तीन अर्ब २१ करोड बिगो माग दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ जेठ, २०८२ मा प्रकाशित
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं, जेठ १ :

टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएसँगै नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको सांसद पद निलम्बनमा परेको हो।

टेलिकम क्षेत्रसम्बन्धी टेरामक्स प्रकरणमा संलग्न रहेको भन्दै अख्तियारले बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जना र केही कम्पनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अख्तियारले उनीहरूविरुद्ध तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा अघि बढाएको छ। यस प्रकरणमा सरकारी कोषमा ठगी गरेको र कार्यसम्पादन सन्तोषजनक नहुँदै अनियमित तरिकाले रकम भुक्तानी गरिएको आरोप लगाइएको छ।

विशेष अदालतमा मुद्दा दर्ता भएसँगै बस्नेतसहित संलग्नहरूमाथि कानुनी प्रक्रिया अघि बढ्नेछ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार