बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला जेठ २८ गते सुनाइने

‘सबै पक्षलाई जेठ १६ गतेसम्म बहस नोट पेस गर्न समय निर्धारण’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ जेठ, २०८२ मा प्रकाशित
५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला जेठ २८ गते सुनाइने
काठमाडौं, जेठ १ :

संवैधानिक अंगहरूमा गरिएको नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले जेठ २८ गते फैसला सुनाउने भएको छ। अदालतले सबै पक्षलाई बहस नोट पेस गर्न जेठ १६ गतेसम्मको समय दिएको छ।

चार वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दुईपटक गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक आयोगमा ५२ जनाको नियुक्ति गरिएको थियो।

ती नियुक्तिहरू संविधान विपरीत भएको दाबी गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ पुस १ गते पहिलो रिट दायर गरेका थिए। त्यसपछि यही विषयमा थप १४ वटा रिट निवेदन परेका थिए।

यी सबै निवेदनहरूलाई एकैसाथ राखी संवैधानिक इजलासले सुनुवाइ गरेको थियो। सर्वोच्च अदालत प्रशासनका अनुसार माघ ३० गतेदेखि सुरु भएको सुनुवाइ अब निर्णय चरणमा पुगेको छ। पछिल्लो समय निरन्तर सुनुवाइ हुँदै आएको यो मुद्दा लामो समयदेखि चर्चामा रहेको थियो।

सर्वोच्चको संवैधानिक इजलासले यो प्रकरणमा ऐतिहासिक निर्णय सुनाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार