मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

रवीन्द्र मिश्रको मुद्दामा भोलि सुनुवाइ हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ जेठ, २०८२ मा प्रकाशित
रवीन्द्र मिश्रको मुद्दामा भोलि सुनुवाइ हुने
काठमाडौं, जेठ १ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा बिहीबार हाजिर गराइएको छ।

मिश्रलाई बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटको सुनुवाइका लागि सर्वोच्च लगिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका मिश्रलाई सर्वोच्च अदालतको आदेशअनुसार अदालतमा उपस्थित गराइएको हो। मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराएर पुनः प्रहरी हिरासतमा फर्काइएको छ ।

उनकी पत्नी सरिका कार्कीले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै मिश्रलाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो। सोही आदेशअनुसार बिहीबार मिश्रलाई हतकडीबिना सर्वोच्च अदालत लगिएको हो।

मिश्रमाथि तीनकुने घटनासँग सम्बन्धित आरोपमा अनुसन्धान भइरहेको छ। यसअघि जिल्ला अदालतमा म्याद थप सुनुवाइका क्रममा उनलाई हतकडी लगाएर उपस्थित गराइएको थियो। तर, सर्वोच्चमा भने हतकडीबिना ल्याइएको छ। यस मुद्दाको सुनुवाइ शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार