
साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयरबजार २.७९ अंकले घटेको छ । योसँगै नेप्से २,६०९.०५ अंकमा झरेको छ ।
साथै (क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स १.८३ अंकले घटेर ४३८.१७ अंकमा झरेको छ ।
नेप्सेमा आइतबार ३०९ कम्पनीको ७९ हजार ८९३ पटकको कारोबारमा एक करोड ६९ लाख सात हजार ७३७ कित्ता सेयर किनबेच भए । योसँगै कुल कारोबार रकम आठ अर्ब ५० करोड ९२ लाख २१ हजार ३१२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा तीनवटाको सूचक बढेर बाँकी सबै राताम्मे बने । सूचक बढ्नेमा होटेल तथा पर्यटन समूहको ७६.६६, लघुवित्तको ५६.९८ र अन्य समूहको सूचक ९४.९४ अंकले बढेका छन् । बाँकी सबै समूहका सूचक घटेका छन् ।
नेप्सेमा आइतबार बढी कमाउने कम्पनीको सूचीमा ओम मेगाश्री हाइड्रोपावर कम्पनी लिमिटेड अग्र छ । ओम मेगाश्रीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै छ्याङ्दी हाइड्रो पावरको सेयर मूल्य भने ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुमाउने कम्पनीको सूचीको पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा नेपाल पुनर्बिमा कम्पनी लिमिटेड परेको छ । जसको अन्तिम कारोबार मूल्य १२ सय ९७ रुपैयाँ कायम रह्यो ।