
फाइल तस्बिर।
काठमाडौं, जेठ ६ :
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक विषय र विकसित पछिल्लो घटनाक्रमका विषयमा छलफल भएको छ । उक्त भेट हिजोका लागि तय भए पनि ओलीको स्वास्थ्य कारण आज भएको हो ।
प्रधानमन्त्री ओली पूर्णरूपमा स्वस्थ नभएका कारण बाह्य कार्यक्रम रद्द गरी बालुवाटारमै देउवासँग भेट गरेका हुन् । सचिवालय सदस्य रामशरण बजगाईंले यो भेटलाई नियमित संवादको निरन्तरता भनेका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्यस्थिति कमजोर भएकाले आजको संसद बैठकमा उनको सम्बोधन कार्यक्रम स्थगित गरिएको छ ।