काठमाडौं, जेठ ६ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदहरूको संसद्‌मा कम उपस्थिति भएको भन्दै व्यंग्य गरेकी छन् ।

प्रतिनिधिसभाको मंगलबार बैठकमा बोल्दै सांसद कार्कीले कांग्रेस सांसदहरू थोरै मात्र देखिएको भन्दै शंका व्यक्त गरिन् । उनले भनिन्, ‘आज त नेपाली कांग्रेसका माननीयज्यूहरू ७–८ जना मात्रै देखिन्छन्, बाँकी कता जानुभयो? गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री खोज्न जानुभयो?’

उनले कांग्रेसजस्तो ठुलो पार्टीका सांसदहरू सदनमा न्यून उपस्थित हुनुलाई गम्भीर रूपमा लिनुपर्ने बताइन् । ‘तपाईंहरू एकदमै कम संख्यामा हुनुहुन्छ, ठुलो पार्टी भएको भएर मलाई त शंका लागेको छ,’ भन्दै उनले संसदप्रतिको जिम्मेवारीप्रति प्रश्न उठाएकी थिइन् ।

उनको टिप्पणीपछि आगामी दिनहरुमा विपक्षी दलका सांसदहरूको सदनमा उपस्थिति र सहभागिता बढ्ने आशा गर्न सकिन्छ ।