हरियाली बनेको सेयर बजार आज ४९.०९ अंकले बढेको छ । अघिल्लो दिन १९.३० अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि बढेको हो । योसँगै नेप्से २,६७७.४५ विन्दुमा रोकिएको छ ।
यसैगरी (क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ८.६८ अंकले बढेर १५१.०१ अंकमा चढेको छ ।
नेप्सेमा आज ३१० कम्पनीको ७३ हजार ५४ पटकको कारोबारमा एक करोड ६८ लाख ८८ हजार चार सय ५९ कित्ता सेयर किनबेच भए । जसअनुसार कारोबार रकम सात अर्ब ३१ करोड २७ लाख ९० हजार एक सय ९६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा मंगलबार १३ समूहको कारोबार भएकामा सबै समूहको सूचक बढेर हरियाली बनेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सिन्धु विकास बैंक र सप्तकोसी विकास बैंक परेका छन् । यी दुवैका सेयर मूल्य १० प्रतिशतका दरले बढे । बढी गुमाउने कम्पनीको सूचीमा विन नेपाल लघुवित्तीय संस्था पहिलो स्थानमा छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा राधी विद्युत् कम्पनी परेको छ । जसको अन्तिम कारोबार मूल्य ७५० रुपैयाँ कायम रह्यो ।