आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
खेलकुद

कुस्ती टोली भारत जाने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ जेठ, २०८२ मा प्रकाशित
कुस्ती टोली भारत जाने
काठमाडौं, जेठ ६ :

यूडब्ल्यूडब्ल्यू एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ ।

मे २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । खेलाडीमा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव छन् ।

तीनै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको मिसन-२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् ।

प्रशिक्षकमा मुम्ताज अली इद्रिसी छन् । प्रतियोगिताका दौरान हुने दक्षिण एसियाली कुस्ती महासंघको बैठकमा सहभागी हुन राखेपका सदस्यसमेत रहेका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुशारी पनि टोलीसँगै भारत जाने छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राखेपका सदस्य-सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार