काठमाडौं, जेठ ६ :
सरकारले नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रुपमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।
त्यसो त पौडेल गभर्नर बन्ने यसअघि नै सुनिश्चित थियो । सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसबीच पौडेललाई गभर्नर बनाउने पूर्वसहमति भने भइसकेको थियो ।