
चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङमा आएको छ । ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ ।
सिनेमा रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । शुक्रबार रिलिज भएको चलचित्र सकारात्मक वर्ड अफ माउथसँगै प्रदर्शनरत छ ।
अफ टाइमका शोमा पनि दर्शकको राम्रो साथ सिनेमाले पाएको छ । ‘दिन प्रतिदिन दर्शकको अकुपेन्सी बढ्दै गएको छ । हाम्रो चलचित्रको जनरा र विषयअनुसार दर्शकको साथ पाउँदै गएको छ,’ वितरक करण श्रेष्ठले भने ।
चलचित्रको कथासँगै अभिनयको दर्शकले तारिफ गरिरहेको निर्माणपक्षले दाबी गरेको छ । सिनेमाको कथा बुद्धिसागरले लेखेका हुन् ।
दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासनासिंह ठकुरी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रुबिना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
‘के घर के डेरा : घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा : घर नं २’ को कार्यकारी निर्माताका रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।