बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार प्रदेश लुम्बिनी प्रदेश

सुर्खेत विमानस्थलको धावनमार्गमा खाल्डो पर्‍यो, मर्मतका लागि शनिबारसम्म बन्द

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ जेठ, २०८२ मा प्रकाशित
सुर्खेत विमानस्थलको धावनमार्गमा खाल्डो पर्‍यो, मर्मतका लागि शनिबारसम्म बन्द
सुर्खेत, जेठ ८ :

सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द गरिएको छ। धावनमार्ग (रनवे) मा खाल्डो परेपछि सुरु गरिएको मर्मतका क्रममा जमिनमुनिबाट पानी निस्किएपछि पुनः बन्द गर्नुपरेको हो।

मंगलबार धावनमार्गको उत्तरतर्फ एकाएक खाल्डो परेपछि मर्मत सुरु गरिएको थियो। खाल्डो पुर्ने क्रममा सोही स्थान नजिकै जमिनमुनिबाट पानी निस्किन थालेपछि उडान अवरुद्ध भएको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए।

उनका अनुसार पानी निस्किएको स्थानमा तत्काल मर्मत कार्य भइरहे पनि दीर्घकालीन समाधानका लागि भौगर्भिक परीक्षण आवश्यक छ। शनिबारसम्म मर्मत कार्य सकिने र उडान सेवा पुनः सुरु हुने अपेक्षा गरिएको छ। विमानस्थल बन्द हुँदा सुर्खेतबाट हवाई यात्रा गर्ने यात्रुहरू हाल नेपालगन्ज पुग्न बाध्य भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार