बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

प्रेस युनियनले स्थापना दिवस साताव्यापी मनाउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० जेठ, २०८२ मा प्रकाशित
प्रेस युनियनले स्थापना दिवस साताव्यापी मनाउने
काठमाडौं, जेठ १० :

नेपाल प्रेस युनियनले विविध कार्यक्रमको आयोजना गरी साताव्यापी रुपमा स्थापना दिवस मनाउने भएको छ ।

युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले ३४औं स्थापना दिवस जेठ १२ देखि १९ गतेसम्म सप्ताहव्यापी विविध कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।

स्थापना दिवसका अवसरमा पत्रकारको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी, स्थापना दिवसको दिन दीप प्रज्वलन, अस्पतालका बिरामीलाई फलफूल वितरण, पुरस्कार वितरण, पत्रकार तथा अन्य सरोकारवालासँग मैत्रीपूर्ण खेलकुदलगायत कार्यक्रम आयोजना गर्न शाखाहरुलाई निर्देशन दिएको प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए ।

‘प्रदेश र सबै शाखाहरुमा विभिन्न कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको छ,’ उनले भने, ‘साताव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाउने तयारीमा जुटेका छौं ।’

लोकतन्त्रप्रति आस्था राख्ने श्रमजीवी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ जेठ १३ भएको थियो । प्रेस युनियनले पत्रकारको हक, हित, पेसागत सुरक्षा, ट्रेड युनियन अधिकार, पत्रकारको क्षमता विकास, प्रेसमैत्री कानुन निर्माण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार संस्थाको सवलीकरण तथा सुदृढीकरणका लागि नीतिगत पहल लगायतका लागि काम गर्दै आएको छ ।

युनियनले वैशाखको अन्तिम साता लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट पनि सम्पन्न गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार