काठमाडौँ, भदौ १९ :

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आज देखि सुरु भएको छ ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नु अघि विभिन्न तहका नेताहरूसँग परामर्श गर्ने कार्यक्रम अन्तर्गत परामर्श बैठक सुरु गरिएको हो ।

पेरिसडाँडामा जारी बैठकमा केन्द्रीय पदाधिकारी सहित तीनवटै आयोगका प्रमुख र सदस्यहरूको सहभागिता रहेको छ ।

माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

 परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्ने जनाइएको छ ।