बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

नवनियुक्त आपूर्तिमन्त्री साहले भने- ग्यासको सहज आपूर्ति व्यवस्थापनमा जोड दिन्छु

जनतालाई आवश्यक पर्ने जति दिनैपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ भदौ, २०८३ मा प्रकाशित
नवनियुक्त आपूर्तिमन्त्री साहले भने- ग्यासको सहज आपूर्ति व्यवस्थापनमा जोड दिन्छु
काठमाडौं, भदौ २५ :

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शितल निवासमा शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नवनियुक्त मन्त्री साहले ग्यासको सहज व्यवस्थापनका लागि जोड दिने बताए। उनले मन्त्रालयभित्र छलफल गरेर विगतमा भएका काम र प्रगतिको जानकारी लिएर  काम सुरु गर्ने पनि बताए ।

आम नागरिकले ग्यास पाउने/नपाउने विषयमा पत्रकारको प्रश्नमा उनले भने, ‘जनताको आवश्यकता जति दिनैपर्छ ।’ मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरूले मन्त्री साहलाई मन्त्रालयमा स्वागत गरेका थिए ।गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले साहलाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री शाह, प्रधान न्यायाधीश,सवैधानिक निकायका प्रमुख,मन्त्रीहरु र कूटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार