काठमाडौं, भदौ २५ :

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शितल निवासमा शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नवनियुक्त मन्त्री साहले ग्यासको सहज व्यवस्थापनका लागि जोड दिने बताए। उनले मन्त्रालयभित्र छलफल गरेर विगतमा भएका काम र प्रगतिको जानकारी लिएर  काम सुरु गर्ने पनि बताए ।

आम नागरिकले ग्यास पाउने/नपाउने विषयमा पत्रकारको प्रश्नमा उनले भने, ‘जनताको आवश्यकता जति दिनैपर्छ ।’ मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरूले मन्त्री साहलाई मन्त्रालयमा स्वागत गरेका थिए ।गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले साहलाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री शाह, प्रधान न्यायाधीश,सवैधानिक निकायका प्रमुख,मन्त्रीहरु र कूटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति रहेको थियो ।