काठमाडौं, जेठ १२ :

संघीय संसद्‌को प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र अर्थ समितिको बैठक बस्न सोमबार बस्दै छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, अर्थ समितिको बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुनेछ ।