ललितपुर, जेठ १२ :

नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच आज एकता हुँदै छ ।

एक कार्यक्रमका बीच सोमबार एकता घोषणा कार्यक्रम तय भएको हो  ।  नेसपाले हिजो (आइतबार) मात्रै नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका थियो ।

एकता घोषणा कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।