आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपाबीच पार्टी एकता (तस्बिरसहित)

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपाबीच पार्टी एकता (तस्बिरसहित)
ललितपुर, जेठ १२ :

नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता भएको छ । 

ललिपुरमा आज आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकता घोषणा भएको हो ।  २०७९ चैत ३ मा भएको तीन बुँदे सहमतिका आधारमा आज एकता भएको हो।

यो एकतासँगै श्रेष्ठ नौ वर्षपछि पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किंएका छन्। उनले नौ वर्षअघि माओवादी पार्टी छाडेका थिए ।पूर्वअध्यक्ष महिन्द्र राय यादवले माओवादीसँगको एकता प्रक्राप्रति चासो नदेखाएपछि श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गर्दै नेतृत्व हातमा लिएका थिए। 

२९ कार्यकारिणी सदस्यमध्ये १७ र १६० केन्द्रीय सदस्यमध्ये ९९ जना श्रेष्ठको पक्षमा उभिएर एकता प्रक्रियालाई अघि बढाइएको हो । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले पनि नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णयलाई अनुमोदन गरेको थियो ।

 

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार