बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
समाचार

बेपत्ता छानबिन आयोगलाई रेडक्रस अन्तर्राष्ट्रिय समितिले आवश्यक सहयोग गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
बेपत्ता छानबिन आयोगलाई रेडक्रस अन्तर्राष्ट्रिय समितिले आवश्यक सहयोग गर्ने
काठमाडौं, जेठ १२ :

रेडक्रस अन्तर्राष्ट्रिय समितिको नेपालस्थित नियोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ ।

आयोगका अध्यक्ष लिलादेवी गड्तौलासहितका पदाधिकारीसँगको शिष्टाचार भेटवार्तामा नियोग प्रमुख सन्देश श्रेष्ठले कार्यादेश अनुरुप आयोगले सुरु गरेको प्रारम्भिक काम कारबाही प्रशंसनीय भएको बताइन् । आयोगबाट छोटो समयमा भएका प्रगति र चालिएका कदमको नियोगका तर्फबाट प्रशंसा भएको आयोगका सदस्य तथा प्रवक्ता श्रृजना पोखरेलले जानकारी दिइन् ।

आयोगलाई के कति र के कस्तो सहयोग आवश्यक पर्छ त्यो आश्यकताअनुसार उपलब्ध गराउन नियोगका तर्फबाट प्रतिबद्धता जनाएको सदस्य पोखरेलले बताइन् । सो अवसरमा नियोग प्रमुख श्रेष्ठले आगामी दिनमा बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी प्रक्रिया र विधिबारे जिज्ञासा राखेका थिए ।

आयोगले नयाँ पदाधिकारीको नियुक्तिसँगै प्रकाशन गर्नुपर्ने सूचना जारी गरी सम्बन्धित कार्यालयमा पत्राचार गरिसकेको छ । आयोगले ऐन बमोजिम कार्य प्रारम्भ र नियमावलीका लागि मस्यौदा तयार कार्य सुरु गरिसकेको छ । त्यसपछि आयोगले द्वन्द्व पीडित र विज्ञसँग छलफल गर्ने जनाएको छ ।

नियमावली आएपछि आयोगले आफ्नो चार वर्षे कार्ययोजना बनाउने सोच अघि बढाएको सदस्य पोखरेलले जानकारी दिइन् । आयोगले यसअघि नै पीडित मैत्री भएर काम गर्ने प्रतिबद्धता गरिसकेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार