
फाइल तस्बिर।
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका २८ वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले १० जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ भने जापान सरकारबाट प्राप्त ५७२ मिलियन जापानी येन (करीब ५३ करोड ७६ लाख रुपैयाँ) बराबरको छात्रवृत्ति परियोजना अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ।
त्यसैगरी, बाफिकोट–खुंग्री १३२ केभी प्रशारण लाइन आयोजनाका लागि ३.२७८ हेक्टर जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ। नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद तिम्सीनालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
साथै सरकारले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ संशोधन सम्बन्धी विधेयक,सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयक र सार्वजनिक सेवा प्रशारण नियमावली, २०८२ संसदमा पेस गर्न तथा स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का थप निर्णय :


