बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

गृहमन्त्री लेखकले राजीनामा नदिने, संसद्‌मा आजै जवाफ दिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ जेठ, २०८२ मा प्रकाशित
गृहमन्त्री लेखकले राजीनामा नदिने, संसद्‌मा आजै जवाफ दिने
काठमाडौं, जेठ १४ :

गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने भएका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।

भिजिट भिसा प्रकरणबारे उठेका प्रश्नबारे गृहमन्त्री लेखकले प्रतिनिधिसभा बैठकमा जवाफ दिने पनि बैठकले निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जनाए । उनका अनुसार आजकै प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले सदन र बाहिर आफूमाथि उठेका विषयमा जवाफ दिने र त्यसका लागि सभामुख देवराज घिमिरेसँग समय माग्नेछन् ।

उता प्रमुख प्रतिपक्षी माओवादी, रास्वपा, राप्रपालगायत दलले भने गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएका छन् । गृहमन्त्री लेखकको राजीनामासँगै भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको मागसमेत विपक्षी दलहरुले गरेका छन् ।

प्रतिनिधिसभामा हिजो (मंगलबार) विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग्दै बैठकमा अवरोध पुर्‍याएका थिए ।

बालुवाटारको बैठकमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखक र एमालेका प्रमुख सचेतक बर्तौलालगायतको सहभागिता थियो ।

यो पनि…

विपक्षी दलको निर्णय : गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको अवरोध जारी राख्ने

गृहमन्त्री लेखकले भने- संसद्‌मा बोल्न समय माग गरेको छु
सदनको अवरोध हटाउन सत्तापक्ष र विपक्षको घनिभूत छलफल, गृहमन्त्रीले देलान् पदबाट राजीनामा ?

गृहमन्त्रीको राजीनामा नआउने : संसद्‌मा बोल्न दिन विपक्षीलाई सत्तापक्षको आग्रह

गृहमन्त्रीको राजीनामा नआउने : संसद्‌मा बोल्न दिन विपक्षीलाई सत्तापक्षको आग्रह

अझै सुरु भएन प्रतिनिधिसभा बैठक, विपक्षी दलहरूबीच छलफल

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार