बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
समाचार राजनीति बागमती प्रदेश

उपत्यकामा आज गणतन्त्रवादी र राजावादीको प्रदर्शन

प्रदर्शनको समय तोकियो : एमालेलाई दिउँसो २ बजेसम्म, त्यसपछि राजावादीको पालो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
उपत्यकामा आज गणतन्त्रवादी र राजावादीको प्रदर्शन
काठमाडौं, जेठ १५ :

उपत्यकामा आज (बिहीबार) गणतन्त्रवादी र राजावादीले आफ्नो शक्ति प्रदर्शन गर्ने भएका छन् । दुवै समूहले प्रदर्शनका लागि व्यापक तयारीसमेत गरेका छन् ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले र राजतन्त्र फर्काउनुपर्छ भनेर लबिइङ गरिरहेका राजावादी समूहले आज गणतन्त्र दिवसका अवसर पारेर उपत्यकामा शक्ति प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनका क्रममा सम्भावित अप्रिय घटना रोक्न तथा सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सत्तारुढ एमाले र राजावादी समूहको प्रदर्शनका लागि छुट्टाछुट्टै समय तोकेको छ ।

जिल्ला सुरक्षा समितिको बुधबारको बैठकले एमालेलाई दिउँसो २ बजेसम्म गणतन्त्र दिवसको उत्सव मनाउन अनुमति दिएको छ । त्यसपछि भने राजावादी समूहलाई प्रदर्शनको समय निर्धारण गरिएको हो ।

दुवै पक्षले रत्नपार्क क्षेत्रलाई केन्द्र बनाएर कार्यक्रम गर्ने अडान लिएपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको संयोजनमा एमालेलगायत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेर समय निर्धारण गरिएको हो ।

राजावादीले संघीयता खारेज, राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापनाजस्ता मागसहित सात ठाउँबाट र्‍याली निकाल्ने तयारी गरेका छन् । हरेक प्रदेशबाट छुट्टाछुट्टै र्‍यालीसहित शीर्ष नेताहरूको नेतृत्व रहनेछ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीले सम्भावित अप्रिय घटना रोक्न कडा सुरक्षा व्यवस्था मिलाइएको जनाएका छन् । ‘कानुनअनुसारका कार्यक्रमलाई सुरक्षा दिने र उल्लंघन भए कारबाही हुनेछ,’ उनले भने ।

एमाले सांस्कृतिक कार्यक्रममार्फत गणतन्त्र उत्सव मनाउने तयारीमा छ । राजावादीले भने सोही स्थानमा अहिलेको शासन व्यवस्थाविरुद्ध आक्रोश पोख्ने तयारीमा छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार