काठमाडौं, जेठ १५ :

 संघीय संसद्मा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १४ मध्ये दुई सांसद मात्र बैठकमा सहभागी हुने भएका छन् ।

ध्रुवबहादुर प्रधान र रोशन कार्की संसद्‍मा उपस्थित हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बाँकी सांसदहरू भने राजसंस्थाको पुनःस्थापनाको माग गर्दै आज दिउँसो हुने विरोध प्रदर्शनमा सहभागी हुनेछन्।

राप्रपा, राप्रपा नेपालसहित विभिन्न राजावादी पार्टी तथा संगठनहरूद्वारा रत्नपार्कस्थित शान्तिबाटिकामा दिउँसो २ बजे विरोध प्रदर्शन गरिँदैछ ।

र्‍यालीको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मैतिदेवीबाट गर्ने कार्यक्रम छ ।