बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार अर्थतन्त्र

सुवर्णशमशेरले ल्याएको ‘नेपालको पहिलो बजेट’ (पूर्णपाठसहित)

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
सुवर्णशमशेरले ल्याएको ‘नेपालको पहिलो बजेट’ (पूर्णपाठसहित)
काठमाडौं, जेठ १५ :

नेपालको आर्थिक इतिहासमा २००८ साल माघ २१ गते एक ऐतिहासिक मोडको रूपमा दर्ज छ । यही दिन तत्कालीन अर्थमन्त्री सुवर्णशमशेर जबराले नेपालको पहिलो बजेट सार्वजनिक गरेका थिए ।

यसअघि सरकारी आम्दानी र खर्चको आधिकारिक विवरण प्रस्तुत गर्ने अभ्यास थिएन । सुवर्णशमशेरले पेस गरेको बजेट नै नेपालको पहिलो आधिकारिक आय-व्यय विवरणसहितको बजेट थियो । त्यसयता, केही अपवादबाहेक, प्रत्येक वर्ष सरकारले बजेट प्रस्तुत गर्ने परम्परा निरन्तर चलिआएको छ ।

आज पनि सरकारले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै छ ।

‘यसअघि मुलुकको आम्दानी र खर्चको विषय कसैलाई जानकारी थिएन भन्ने कुरा तपाईंहरूलाई विदितै छ । अब त देशमा प्रजातान्त्रिक सरकार गठन भएकाले देशभर के-केमा खर्च हुन्छ भन्ने जानकारी सरकारबाट पाउने हक छ,’ पहिलो बजेट बक्तव्यमा उल्लेख छ ।

बजेट पेस गर्दा अर्थमन्त्री जबराले भनेका थिए- ‘प्रजातन्त्र स्थापना भएपछि अर्थमन्त्रीको हैसियतमा आज नेपालको इतिहासमा सर्वप्रथम बजेट तपाईंहरूको सामुन्ने पेस गर्न पाउँदा आफूलाई गौरवान्वित सम्झन्छु ।’ उनले विगतमा बजेटसम्बन्धी तथ्यांक नहुँदा देशको आर्थिक पारदर्शिता अभावमा परेको उल्लेख पनि गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार