सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

अफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्‌मा उजुरी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ जेठ, २०८२ मा प्रकाशित
अफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्‌मा उजुरी
काठमाडौं, जेठ १६ :

पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमलगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशमाथि छानबिन गरी कारबाही गर्नुपर्ने मागसहित न्यायपरिषद्‌मा उजुरी परेको छ ।

फैसला गर्ने न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्नुपर्ने माग राखेर युवराज पौडेलले परिषद्‌मा निवेदन दिएका हुन् ।

गत बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले बम विस्फोटबाट घाइतेहरुलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलमलगायतलाई सफाइ दिने फैसला गरेको थियो । यही फैसलापछि न्यायाधीशद्वय थारु र महर्जनको कार्यसम्पादनमाथि प्रश्न उठिरहेको छ ।

उनीहरु पदमा रहँदा न्यायसम्पादन प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उजुरीमा उनीहरुले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग गरिएको छ ।

न्यायपरिषद् ऐनमा कार्यक्षमताको अभाव वा खराब आचरण एवं आचारसंहिताको गम्भीर उल्लंघनको आरोपमा न्यायाधीशहरुमाथि छानबिन हुनसक्ने व्यवस्था छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार