सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
समाचार प्रदेश कोसी प्रदेश

कोशी राजमार्ग अवरुद्ध,करिब सय मिटर बाटो लेउती खोलाले बगायो

· शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
कोशी राजमार्ग अवरुद्ध,करिब सय मिटर बाटो लेउती खोलाले बगायो
धरान, जेठ १७ :

अविरल वर्षाका कारण कोशी राजमार्गको भेडेटार मुलघाट खण्ड अवरुद्ध भएको छ । कोशी राजमार्गको दुई स्थानमा सडक भत्किएको छ ।

धरान धनकुटा राजमार्गको फेदीमा करिब सय मिटर बाटो लेउती खोलाले बगाएको छ । अहिले दुवैतर्फबाट आवतजावतमा पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय  भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

त्यस्तै सोही खण्डको नमस्ते झरना छेउमा रुख ढलेर र माथिबाट आएको पहिरोका कारण पुनः सडक अवरुद्ध भएको छ ।

दुबै स्थानमा सडक भत्किए पछि कोशी पहाडबाट नराई तथा काठमाडौँ जाने तथा तराइवाट कोशी पहाड जाने सबारी साधन बाटैमा रोकिएका छन् ।

त्यस्तै तमोर कोरिडोर पनि अवरुद्ध भएको छ । धनकुटा चौबिसे गापा ४ निर्माणधिन तमोर कोरिडोर सडक खण्डको छरुवा खोलामा बाढीले सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

पछिल्लो चौबिस घन्टामा देशका पूर्वी जिल्लाहरु इलाम,झापा,मोरङ,सुनसरी र धनकुटाका धेरै स्थानमा  भारी वर्षा मापन भएको छ।  इलाम र झापामा अति भारी भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार