बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

प्रधानन्यायाधीश राउत भन्छन्- इमानदारीपूर्वक काम गरे न्यायपालिका कहिल्यै बदनाम हुँदैन

कर्मचारीकै सहयोग र बलमा न्यायिक सुधार सम्भव हुने विश्वास व्यक्त गरे
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
प्रधानन्यायाधीश राउत भन्छन्- इमानदारीपूर्वक काम गरे न्यायपालिका कहिल्यै बदनाम हुँदैन
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत। फाइल फोटो ।
काठमाडाैं, जेठ १७ :

 प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले इमान, निष्ठा र क्षमताका आधारमा काम गरिएमा न्यायपालिका कहिल्यै बदनाम नहुने बताएका छन्।

शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै उनले न्यायपालिकामाथि उठेका प्रश्नको समाधानका लागि आफू सधैं प्रयासरत रहेको बताए।

‘न्यायपालिकामा सधैं मेरो भूमिका रहँदैन, तर जिम्मेवारीमा हुँदा केही गर्न सकिन भने त्यसको अर्थ हुँदैन,’ उनले भने, ‘इमान, निष्ठा र क्षमताको समिश्रणले काम गर्‍यौं भने न्यायपालिका बदनाम हुँदैन।’

उनले मर्यादित र प्रतिष्ठित न्यायपालिका निर्माणमा कर्मचारीको भूमिका निर्णायक हुने उल्लेख गर्दै, कर्मचारीकै सहयोग र बलमा न्यायिक सुधार सम्भव हुने विश्वास व्यक्त गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार