बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति बागमती प्रदेश

जनताको अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक : नेता सिटौला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
जनताको अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक : नेता सिटौला
फाइल फोटो ।
दोलखा, जेठ १७ :

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक भएको बताएका छन्।

दोलखाको चरिकोटमा सुरु भएको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै उनले सबै दलको सहमतिमा संविधान संशोधन हुने दाबी गरे।

‘देशको हितका लागि अब सबै दल एकजुट हुनुपर्ने बेला आएको छ,’सिटौलाले भने, ‘दलबीच प्रतिस्पर्धा स्वाभाविक हो, तर जनताको अधिकार सुनिश्चित गर्न सहमति आवश्यक छ।’

उनले देशको अर्थतन्त्र अझै कमजोर रहेको उल्लेख गर्दै सीमित स्रोतसाधनबाटै जनताको अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए।

यसअघि नेता सिटौलाले दोलखाको कांग्रेस कार्यालय बीपी प्रतिष्ठानको नयाँ भवनको शिलान्यास गरेका थिए।

त्यसै कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारले खेलकुद बजेट दोब्बरले बढाउने तयारी गरेको जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार