काठमाडौं, जेठ १७ :

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष ऊर्जा क्षेत्रका गरिएका अधिकांश व्यवस्था राम्रो भए पनि टेक एन्ड पे मोडलमा विद्युत् खरिद-बिक्री सम्झौता गर्ने नीति गलत भएको बताएका छन् ।

यसले १७ हजार मेगावाटभन्दा बढी क्षमताका परियोजनाको निर्माण प्रभावित हुने उनको भनाइ छ । टेक एन्ड पेमा पीपीए गर्ने नीति कार्यान्वयन गर्न नहुनेमा उनको जोड छ ।

‘चाहेको अवस्थामा मात्रै विद्युत् किन्ने नियमले उत्पादन हुने विद्युत् खपत नहुन सक्छ,’ नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा शनिबार गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले भने ।

यस्तै उनले आईपीओ निष्काशनको स्वीकृतिमा ढिलाइ हुदाँ पुँजी अभाव भई जलविद्युत् परियोजनाको निर्माण प्रभावित भएको बताए । ‘ऊर्जा क्षेत्र अघि नबढ्ने हो कि भन्ने शंका छ । उत्पादन पछि मात्रै आईपीओ जारी गर्न पाउने नियमले यसमा समस्य हुने देखिएको छ,’ उनले भने, ‘यो नीतिले सन् २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा हुँदैन ।’