आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका #दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका
राजनीति

वाईसीएललाई प्रचण्डको निर्देशन- इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस्

‘ राजावादीहरुले भाडाको मान्छे ल्याएर जाँड खुवाउने उफार्ने गरेका छन् ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ जेठ, २०८२ मा प्रकाशित
वाईसीएललाई प्रचण्डको निर्देशन- इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस्
काठमाडौं, जेठ १८ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले पैसाको भरमा भाडाका मान्छे उफारिरहेको आरोप लगाएका छन्।उनले आफूहरू जाइलाग्ने पक्षमा नभए पनि आवश्यक परे प्रतिकार गर्न तयार रहनुपर्ने बताए।

पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले राजावादीहरू छाडा बन्दै गएको र आक्रमण गर्ने प्रयास भइरहेको बताए।

‘उनीहरू छाडा भएका छन् । छाडा भएर हामीहरूमाथि आक्रमण गर्ने कोशिस गर्दैछन्,’ प्रचण्डले भने, ‘यदि उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस।’ उनले राजावादीहरुले भाडाको मान्छे ल्याएर जाँड खुवाउने उफार्ने गरेको समेत बताए ।

गणतन्त्र माओवादीको मात्रै भन्ने प्रचारको प्रतिवाद गर्दै उनले भने, ‘यो प्रचण्डको गणतन्त्र होइन, नेपाली जनताको गणतन्त्र हो।’

प्रचण्डका अनुसार गणतन्त्र ल्याउन माओवादीको निर्णायक भूमिका भए पनि यो सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको साझा उपलब्धि हो। ‘हामीलाई एक्ल्याउन भनेर प्रचण्डको गणतन्त्र भनिएको हो,’ उनले थपे, ‘तर, यो सबै नेपालीको गणतन्त्र हो।’

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार