काठमाडौं, जेठ १८ :

राजधानीको नारायणचौर क्षेत्रबाट निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोज्ने क्रममा भएको झडपपछि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा थापासहित प्रतिनिधिसभा सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिना र  राजीव झा रहेका छन् ।

उनीहरूलाई नारायणचौरबाट निषेधित क्षेत्र तोडेर बालुवाटारतर्फ अघि बढ्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिए। पक्राउ परेका सबै जनालाई हाल जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै राजावादीहरूले १५ जेठदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

र यो पनि…

राजावादीको प्रदर्शन जारी, कमल थापा पक्राउ

लिङ्देनको चेतावनी : कमल थापालाई स-सम्मान नछोडे थप आन्दोलन चर्काउँछौं