बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स #प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स
समाचार

यातायात व्यवसायीको हडतालविरुद्ध सर्वोच्चमा रिट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० जेठ, २०८२ मा प्रकाशित
यातायात व्यवसायीको हडतालविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, जेठ २० :

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा भएको हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ता विमल पोखरेलले मंगलबार दायर गरेको रिटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र महासंघलाई विपक्षी बनाइएको छ।

पोखरेलले सार्वजनिक यातायात अत्यावश्यक सेवा भएको उल्लेख गर्दै सेवा अवरुद्ध नगर्न अन्तरिम आदेश र हडताल निषेध गर्न परमादेशको माग गरेका छन्। संविधान, सर्वोच्च अदालत नियमावली तथा सवारी ऐनको आधारमा हडताललाई गैरकानुनी दाबी गरिएको छ।

रिटमा हडतालले नागरिकको आवतजावत, स्वास्थ्य, शिक्षा, रोजगारी र अर्थतन्त्रमा गम्भीर असर पारेको उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार