बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार

काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे निलम्बित, विष्णु जोशीलाई निमित्तको जिम्मेवारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० जेठ, २०८२ मा प्रकाशित
काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे निलम्बित, विष्णु जोशीलाई निमित्तको जिम्मेवारी
काठमाडौं, जेठ २० :

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित भएका छन् । विष्णु जोशीलाई निमित्त नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

‘प्रमुख प्रशासकीय अधिकृतले निलम्बन गर्नुभएको भन्ने कुरा सुन्नमा आएको छ । बढीमा ६ महिनाका लागि निलम्बनमा भन्ने सुनेको छु, औपचारिक जानकारी आइसकेको छैन,’ महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले सक्रिय न्युजसँग भने, ‘पाण्डेको निलम्बनसँगै निमित्त नगर प्रहरीको जिम्मेवारी विष्णु जोशीलाई दिइएको छ ।’

गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । उनीमाथि उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक-पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा असहयोग गरेकोलगायतको आरोप लगाइएको थियो ।

काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं २९ चैतमा महानगरमा हाजिर हुन आएका थिए । कार्यालय प्रवेशमा गुरागाईंलाई नगर प्रहरी बलले बाधा गरेको थियो । यही विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

नगर प्रमुख पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाए पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले व्यक्तिगत इगोका कारण निलम्बन गरिएको बुझिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार