बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति प्रदेश लुम्बिनी प्रदेश

‘संविधान संशोधनको वाचा बिर्सियौं, सरकार चलाउन मस्त भयौं’

गगन थापा भन्छन्- व्यवस्था ठीक छ, तर नेतृत्व कमजोर छ । संविधान संशोधनमार्फत सुधार गर्न सकिन्छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० जेठ, २०८२ मा प्रकाशित
‘संविधान संशोधनको वाचा बिर्सियौं, सरकार चलाउन मस्त भयौं’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । फाइल तस्बिर
काठमाडौं, जेठ २० :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस-एमाले मिलेर सरकार बनाउँदा गरिएको संविधान संशोधनको मुख्य वाचा बिर्सिएको बताएका छन्।

बाँके–२ मा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सातबुँदे सहमतिअनुसार संविधान संशोधन गर्ने प्रतिबद्धता गरिएको स्मरण गराए। तर त्यो कार्यान्वयनमा नआएको स्वीकार गर्दै उनले भने, ‘हामी सरकार चलाउन मस्त भयौँ, तर संविधान संशोधनको मुख्य वाचा बिर्सियौँ। अब कांग्रेस र एमालेले अलमलबाट बाहिर निस्केर वाचा अनुसार कदम चाल्नुपर्छ।’

थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै उपयुक्त भएको बताउँदै समस्याको जरो नेतृत्वमा रहेको जिकिर गरे। ‘व्यवस्था ठीक छ, तर नेतृत्व कमजोर छ। सुधार संविधान संशोधनमार्फत गर्न सकिन्छ,’ उनले भने।

संविधानलाई ‘नयाँ हाइवे’ को संज्ञा दिँदै थापाले त्यसको सुरुवात कांग्रेसले गरेको उल्लेख गरे। ‘हामीले बनाएको हाइवे ठीक छ, तर गाडी र चालकमा समस्या छ,’उनले भने, ‘गाडी मर्मत गर्नुपर्छ, फेर्नुपर्ने होइन। चालक परिवर्तनभन्दा पनि सुधार जरुरी छ। नयाँ बाटो खोज्न थालियो भने फेरि १० वर्ष खेर जान सक्छ।’ उनले कांग्रेसले संविधानको रक्षा, सुधार र सही कार्यान्वयनको नेतृत्व लिनुपर्ने स्पष्ट पारे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार