सङ्खुवासभा, जेठ २१ :

सङ्खुवासभाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ  ।  मङ्गलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो  ।  

शेर्पाको ढुङ्गा, माटो र काठले बनेको दुईतले घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।  उनका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायको क्षति भने भएको छैन  ।

माथिल्लो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ  ।  पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसिरहेका छन्  ।  केही दिनअघिको वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकामा हाइड्रोपावर बगाउँदा दुई सय ५० घरमा विद्य्त् आपूर्ति बन्द भएको छ  ।  बाढीले  भोटखोला–३ का दुईवटा हाइड्रोपावर बगाएको थियो  ।