शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार प्रदेश मधेस प्रदेश

रौतहटमा ट्रक र विद्युतीय गाडी ठोकिँदा दुईजनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ जेठ, २०८२ मा प्रकाशित
रौतहटमा ट्रक र विद्युतीय गाडी ठोकिँदा दुईजनाको मृत्यु
रौतहट, जेठ २१ :

रौतहटको चन्द्रपुर–१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट आएको मधेश प्रदेश–०३–००१ ख ८६०० नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा सर्लाही रामनगर–१ की ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। यस्तै, रामनगर–१ की १८ वर्षीया रानीकुमारी यादव र रौतहट दुर्गाभगवती–५ का १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन्। उनीहरूको चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको र दुवै खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालक मकवानपुर हेटौंडा–१३ का ग्यालसेन थोकर र विद्युतीय गाडी चालक सर्लाही रामनगर–३ का आकाश सिंहलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको डीएसपी राजकुमार राईले जानकारी दिए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार