बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

बैठक सकियो, अडान यथावत् : कुरो मिलेन भन्दै विपक्षी दलका नेता सभामुखको कार्यकक्षबाट बाहिरिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ जेठ, २०८२ मा प्रकाशित
बैठक सकियो, अडान यथावत् : कुरो मिलेन भन्दै विपक्षी दलका नेता सभामुखको कार्यकक्षबाट बाहिरिए
काठमाडौं, जेठ २१ :

सदन नियमित गराउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा भएको छलफल टुंगोमा पुग्न सकेन ।

सभामुखकै कार्यकक्षमा भएको छलफलमा सदन खुलाउने विषयमा कुरा नमिलेपछि प्रतिपक्षी दलका प्रमुख सचेतकहरू ‘कुरो मिलेन’ भन्दै कार्यकक्षबाट बाहिरिए ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको दाबीसहित विपक्षी दलले उनको राजीनामा माग गरेका छन् ।

साथै विपक्षी दलले राजीनामासँगै उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति नभई सदन नियमित गर्न नसकिने भन्दै छलफलबाट बाहिरिएका हुन् ।

विपक्षी दलहरुले लगातार सदनमा अवरोध गरेपछि घिमिरेले बुधबार सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग आफ्नै कार्यकक्षमा छलफल गरेका थिए ।

सत्तापक्षले सदनमा गृहमन्त्रीले बोल्न पाउनुपर्ने र राजीनामा नदिने अडान राखेको छ भने विपक्षी दलहरुले राजीनामा दिने र भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार