बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

नगर प्रहरी प्रमुखको जिम्मेवारी पाएका जोशीले अफिसर बैठक डाकेर के भने ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ जेठ, २०८२ मा प्रकाशित
नगर प्रहरी प्रमुखको जिम्मेवारी पाएका जोशीले अफिसर बैठक डाकेर के भने ?
काठमाडौं, जेठ २१ :

काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका निमित्त प्रमुख बनेका नगर प्रहरी उपरीक्षक (डीएसपी) विष्णुप्रसाद जोशीले जिम्मेवारी सम्हालेको भोलिपल्टै सिनियर अफिसरहरूको बैठक बोलाएका छन्।

बागदरबारस्थित महानगर प्रहरी कार्यालयमा बसेको बैठकमा महानगरको शहरी सुव्यवस्थापन प्रभावकारी बनाउन ऐनअनुसारका कार्यहरू अघि बढाउने निर्णय गरिएको छ। बैठकमा महानगर प्रहरी ऐन २०८० को दफा ५ र परिच्छेद ३ को दफा ७ मा उल्लेखित जिम्मेवारीअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

नगर प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डे निलम्बनमा परेपछि जोशीलाई प्रमुखको जिम्मेवारी दिइएको हो। पाण्डेमाथि अनुशासनसम्बन्धी विषयमा छानबिन चलिरहेको छ। नयाँ नेतृत्व आएसँगै नगर प्रहरी बलमा अनुशासन, समन्वय र कामको प्रभावकारितातर्फ ध्यान दिने तयारी गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार