शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति प्रदेश मधेस प्रदेश

देउवाको टिप्पणी : राजावादीको आन्दोलन तुहिसक्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ जेठ, २०८२ मा प्रकाशित
देउवाको टिप्पणी : राजावादीको आन्दोलन तुहिसक्यो
धनुषा, जेठ २२ :

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजावादीको आन्दोलन प्रभावहीन भएको दाबी गरेका छन्। आज (बिहीबार) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले भने, ‘कहाँ छ र राजावादी? तुहिसक्यो!’

दोस्रो चरणको आन्दोलन घोषणा गर्ने विषयमा राजावादी समूहबीच बेमेल भइरहेको बेलामा देउवाले यस्तो टिप्पणी गरेका हुन् । पहिलो चरणको आन्दोलनको समिक्षा र दोस्रो चरणको कार्यक्रम घोषण गर्ने भनिएको बुधबारको राजवादी समूहको बैठक विवादका कारण विथोलिएको थियो ।

उनले कांग्रेस-एमाले गठबन्धन सुदृढ रूपमा अघि बढिरहेको भन्दै आगामी आमनिर्वाचन सम्म पनि यो गठबन्धन कायम रहने विश्वास व्यक्त गरे।

प्रहरी समायोजनबारे पत्रकारको प्रश्नमा देउवाले छलफल र परामर्श जारी रहेको जानकारी पनि दिए। देउवा कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाका बुवा ठाकुरप्रसाद ढुंगानाको सालिक अनावरण गर्न धनुषा पुगेका छन्। शुक्रबार उनी जनकपुरमै निर्मित मिथिला विकास कोषको नयाँ भवन उद्घाटन गर्ने कार्यक्रम छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार