बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

‘माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा प्रथमदृष्टिमै प्रतिशोध’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ जेठ, २०८२ मा प्रकाशित
‘माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा प्रथमदृष्टिमै प्रतिशोध’
काठमाडौं, जेठ २३ :

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि प्रतिशोध साँधेर भ्रष्टाचार मुद्दा दायर गरेको निष्कर्ष निकालेका छन् ।

बानेश्वरस्थित संसद् भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा शुक्रबार बसेको बैठकले यसबारे निष्कर्ष निकालेको हो ।

बैठकमा माओवादीबाट दाहाल, वर्षमान पुन, रास्वपाका डीपी अर्याल, स्वर्णिम वाग्ले, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, हरि ढकाल, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, शेरबहादुर कुँवर, आजपाका प्रभु साहलगायतको सहभागिता थियो ।

नेपालविरुद्ध पतञ्जलिलाई गैरकानुनी रूपमा हदबन्दी छुटमा जग्गा दिने र त्यही जग्गा तत्कालै बेचबिखनको अनुमति दिने निर्णय गराएर आर्थिक अपचलन गरेको भन्दै अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा दायर गरेसँगै नेपाल सांसद् पदबाट निलम्बनसमेत भइसकेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार