आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका #दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका
समाचार राजनीति

वाईसीएलको अध्यक्षमा ओली, महासचिवमा शाही सर्वसम्मत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ जेठ, २०८२ मा प्रकाशित
वाईसीएलको अध्यक्षमा ओली, महासचिवमा शाही सर्वसम्मत
काठमाडौं, जेठ २३ :

नेकपा माओवादी केन्द्रनिकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् ।

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओलीलाई नयाँ अध्यक्षका रूपमा शुक्रबार सर्वसम्मत चयन गरिएको हो ।

निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले दोहोरिन अस्वीकार गरेपछि नयाँ नेतृत्वका लागि पुष्प ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौरागलगायत आकांक्षीको चर्चा थियो । अन्तिममा ओलीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।

यसैगरी महासचिवमा गणेश शाही चयन भए पनि अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी छ । वाईसीएल ४० वर्षमुनिका युवाको संगठन हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार