बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

माधव नेपालको दाबी- एक पैसा खाएको छैन, अदालतले न्याय दिन्छ

‘ममाथि लगाइएका सबै गलत आरोपका विरुद्ध दृढतापूर्वक उभिन्छु’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २४ जेठ, २०८२ मा प्रकाशित
माधव नेपालको दाबी- एक पैसा खाएको छैन, अदालतले न्याय दिन्छ
काठमाडाैं, जेठ २४ :

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू निर्दोष रहेको र अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्।

 काठमाडौंमा आयोजित मधेश प्रदेश सम्पर्क समिति पहिलो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूविरुद्ध लगाइएका भ्रष्टाचारका आरोपहरू निराधार भएको दाबी गरे।

‘ममाथि लगाइएका सबै गलत आरोपका विरुद्ध दृढतापूर्वक उभिन्छु,’ उनले भने, ‘मलाई विश्वास छ न्यायपालिकाले निष्पक्ष निर्णय गर्नेछ। न्यायको जित हुनेछ, अन्यायको हार हुनेछ।’

नेपालले आफूले कहिल्यै घूस नखाएको भन्दै अहिलेसम्म एक पैसा पनि नखाएको जिकिर गरे। ‘हामी आत्तिनुपर्ने अवस्था छैन। चुनौती आएकै हो, त्यसको डटेर सामना गर्ने हो,” उनले भने,'असल मनसायले काम गरिएको हो भने डराउनु पर्दैन।’ उनले कुनै पनि काम निजी स्वार्थ वा लाभका लागि नगरेको स्पष्ट पारे।

पतञ्जलिको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालसहित ९३ जनाविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल २०६५ सालमा प्रधानमन्त्री हुँदा पतञ्जलि योगपीठलाई लाभ पुग्ने गरी सार्वजनिक जग्गा गैरकानुनी रूपमा उपलब्ध गराएको आरोप छ ।

तर अध्यक्ष नेपालले सो विषयलाई राजनीतिक पूर्वाग्रही दृष्टिकोणले हेरिएको भन्दै कानुनी प्रक्रिया मार्फतै सत्य उजागर हुने विश्वास व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार